जनकपुरधाम, १४ चैत । धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोको निर्वाचन क्षेत्रमा एकै दिन ६ वटा योजना शिलान्यास गरिएको छ ।
धनुषाको निर्वाचन क्षेत्र नं.३ मा प्रदेश सरकारद्वारा बिनियोजित रकमबाट बीस लाखको लागतमा नगराईन न.पा. ८ अकौरामा सामुदायिक भवन, धनौजी गाउँपालिका १ लखौरीमा बीस लाखको लागतमा भगवान लक्ष्मीनारायण मन्दिर, नगराईन न.पा. ७ बिरतामा बीस लाखको लागतमा भुइया बाबा मन्दिर, धनौजि गा.पा. ४ भररियामा सामुदायिक भवन, नगराईन न.पा. ४ फुलगामामा बर्थिग सेन्टर र मुखियापट्टी मुसरनिया ग.पा.३ तुलसियाहीमा चालिस लाखको लागतमा कभर्ड हलको शुक्रबार सिलान्यास गरिएको छ ।
सिलान्यास जसपा नेपालका केन्द्रीय सदस्य राजिव झाको प्रमुख आतिथ्य तथा केन्द्रीय सदस्य, राजु चौधरी, मनोज चौधरी, ममता चौधरी, श्याम मिश्रा, वरिष्ठ चिकित्सक डा. अजय मिश्रा र जसपा नेपाल धनुषाका युवा नेता जिवेन्द्र झाद्वारा सामूहिक गरिएको थियो ।
उक्त सिलान्यास कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य एवं प्रदेश नं. २ का सभामुखको राजनीतिक सल्लाहकार अनिल महासेठ र प्रेस मञ्च नेपाल धनुषाका जिल्ला अध्यक्ष संजिव झा लगायत विभिन्न नेता÷कार्याकर्ताको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया