राजविराजका ११ वटा विद्यालयका प्रिन्सिपल पक्राउ

समाचार

4/26/2021

सप्तरी, १३ बैशाख । विद्यालय बन्द गर्ने सरकारको आदेश उल्लंघन गरेको भन्दै राजविराजका ११ वटा विद्यालयका प्रिन्सिपललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विद्यालय सञ्चालन गरेको भन्दै सप्तरी प्रशासनले सोमबार बिहान राजविराजका ११ वटा विद्यालयका प्रिन्सिपललाई नियन्त्रणमा लिएको छ ।

सरकारले गत सोमबार नै राजविराजका विद्यालय बन्द गर्ने आदेश गरेको थियो । त्यसविपरीत यहाँका केही विद्यालय खोलिएको थियो ।

राजविराज नगरपालिकाका मेयर शम्भु यादव, प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोख्रेलसहितको टोली राजविराजमा सञ्चालनमा रहेका निजी विद्यालय पुगेका थिए ।

सो क्रममा विद्यालय सञ्चालन गरेका ११ निजी विद्यालय का प्रिन्सिपललाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ