राजविराज ६ बैशाख । लकडाउनको समयमा समस्यामा परेका राजविराज नगरपालिकाले वडा ११ मा अतिगरिव तथा विपन्न किसान र मजदुरलाई राहत वितरण गरेको छ ।
शुक्रबार वडाको विभिन्न ठाउँबाट पहिलो चरणमा ३ सय परिवारलाई राहत वितरण सुरू गरेको र बाँकी रहेकालाई वितरण गर्ने कार्य जारी रहेको वडा अध्यक्ष संजय यादवले जानकारी दिए ।
राजविराज नगरपालिकाद्वारा १६ वटै वडाका करिव ११ हजारभन्दा बढी गरिब परिवारलाई राहतको व्यवस्था गरिसकेकोले अहिलेसम्म ८ हजारलाई राहत वितरण गरेको नगर प्रमुख शम्भु यादवले बताएका छन् ।
यता राजविराज नगरपालिकाले १३ नम्बर वडा बाहेक सबै वडामा राहत वितरण कार्य सम्पन्न भइसकेको नगरप्रमुख यादवले बताए ।
राहत प्याकेटमा १५ किलो चामल, दुई केजी दाल, एक केजी खाने तेल र एक किलो नुन वितरण गर्ने गरेको यादवले बताए ।
उनले भने सबै वडामा राहत बितरण का लागि रासन पुगेकोले वडा १३ मा आइतबारदेखि वितरण गरिने प्रमुख यादवले जानकारी दिए ।
वडाहरूबाट गरिब परिवारको नाम संकलन गर्न ढिलाई भएकोले राहत वितरणमा ढिलाई भएको प्रमुख यादवले बताए ।
गरिव परिवारको नाम संकलन गर्न हरेक वडामा वडा अध्यक्षको संयोजकत्वमा सर्वदलीय, नेपाल सशस्त्र प्रहरी, जनपद प्रहरी, प्रधानध्यापक, वडा सचिव आदिलाई निर्देशन दिएको छ ।
तपाईको प्रतिक्रिया