रौतटहटमा जसपाद्वारा प्रधानमन्त्री केपी ओलीको पुतला दहन

समाचार

2/7/2021

रौतहट, २५ माघ । संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टी नेपाल रौतहटले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ ।

जिल्लाको सदरमुकाम गौरमा आइतबार जसपा रौतहटले संसद पुनर्स्थापनाको माग गर्दै प्रधानमन्त्री ओलीको पुतला दहन गरेको हो ।

संसद विघटन असंवैधानिक र प्रतिगमनकारी कदम भएको भन्दै जसपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

पुतला दहन कार्यक्रममा प्रदेश २ का प्रदेश सभा सदस्य बाबुलाल साह, जसपाका केन्द्रीय सदस्य एस.एस. पाण्डेय, गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ता, विद्यार्थी संगठनका नेता उमेश यादव, ओमलोक पटेल लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ