रौतहटको ईश्नाथ नगरपालिकाका मेयर मेहताको पद धरापमा

समाचार

4/1/2020

रौतहट, १९ चैत । रौतहटको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहतालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुर्जी काटेको छ ।

गाँजा तस्करीमा मुछिएपछि मकवानपुर जिल्ला अदालतले मेयर मेहता र नेकपा नगर अध्यक्ष मोहन मेहतालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय रौतहटलाई पूर्जी काटेको हो ।

गाँजा तस्करीमा मुछिएपछि मकवानपुर जिल्ला अदालतले मेयर मेहता र नेकपा अध्यक्ष मेहता दाजुभाइलाई पक्राउ गर्न प्रहरीलाई पक्राउ पूर्जी पठाएको हो ।

माघ ११ गते हेटौँडा उपमहानगरपालिका १९ नेवारपानीस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक राजेशकुमार यादवको कमान्डमा रहेको प्रहरीको टोलीले पूर्व–पश्चिम लोकमार्गमा एउटा एम्बुलेन्सलाई चेकजाँच गर्दा ३० किलो ६०० ग्राम गाँजा र नेपाली ९१ हजार तथा भारतीय दुई हजार दुई सय रुपैयाँसमेत बरामद भएको थियो ।

रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको सरकारी एम्बुलेन्समा तीनवटा झोलाभित्र छवटा पोकामा गाँजा राखी मनहरीबाट हेटौँडातर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

एम्बुलेन्समा चालक रौतहट डुमरियाका ३९ वर्षीय महम्मद खलिद तथा एम्बुलेन्समा सवार रहेका डुमरियाकै १९ वर्षीय अशोक कुमार र भारत बिहारको मोतिहारी जिल्ला बसन्तपुरका २२ वर्षीय विनोद सहनीलाई गाँजा र एम्बुलेन्ससहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अनुसन्धान भइरहेको छ ।

अदालतमा विनोद सहनीले दिएको बयानको आधारमा अदालतले रौतहटको ईशनाथ नगरपालिकाका मेयर मेहता र उनका भाइ नेकपाका नगर अध्यक्ष मोहन मेहतालाई पक्राउ गरी बुझाउन जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्ला अदालत मकवानपुरको आदेशअनुसार जिल्ला प्रहरी कार्यालय रौतहटलाई पक्राउ पूर्जी पठाएको हो । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मेयर मेहताको पद धरापमा परेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ