रौतहटको कटहरियामा भदौ ६ सम्म निषेधाज्ञा

समाचार

8/12/2020

रौतहट, २८ साउन । रौतहटको कटहरिया नगरक्षेत्रमा १२ दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । साथै नगरपालिकाले विभिन्न ५ बुँदे निर्णय समेत गरेको छ ।

समुदायमा कोरोना भाईरसको संक्रमण बढ्न थालेपछि मंगलबार मेयर सियाराम कुश्वाहाको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले अगामी भदौ ६ गतेसम्म पूर्णरुपमा निषेधाज्ञा जारिराख्ने निर्णयमा गरेको हो ।

यस अवधिमा मनपरि ढंगले पसल सञ्चालन गर्नेलाई आर्थिक र कानुनी कार्वाही गर्ने निर्णय समेत गरिएको छ ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक बाहेक पसल सञ्चालन गर्नेलाई ५१ सय जरिवाना र २६ घन्टा प्रहरी हिरासतमा राखेर कार्वाही गर्ने निर्णय भएको मेयर सियाराम कुश्वाहाले जानकारी दिए ।

त्यसैगरी संक्रमित ९ जनालाई कटहरिया माविमा रहेको क्वारेन्टाइनमा राखेर उपचार गर्ने तथा उनीहरुको सम्पर्कमा आएकाहरुको पिसिआर परीक्षणको लागि भोलिदेखी स्वाब संकलन गरिने निर्णय गरिएको छ ।

संक्रमण नियन्त्रण गर्न परीक्षणको दायरा बढाउने तथा वडा १ देखि ९ सम्मका मानिसको परीक्षणको लागि पहल गरिने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ