रौतहट, २ असार । रौतहटका तीन स्थानीय तह संक्रमणमुक्त भएका छन् । रौतहटका १८ स्थानीय तहमध्ये गरुडा, मौलापुर र माधवनारायण नगरपालिका संक्रमणमुक्त भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गर्ने दैनिक कोरोना अपडेटमा मंगलवार रौतहटका तीन स्थानीय तहमा संक्रमितको संख्या शून्य देखिएको जानकारी गराएको हो ।
यसैगरी फतुवा विजयपुर नगरपालिकामा एक जना र यमुनामाई गाउँपालिकामा एक जना संक्रमित रहेका छन् ।
कोरोना संक्रमण कम हुँदै गएको र कोरोनालाई जित्नेहरुको संख्या बढ्दै गएको रौतहटमा ईशनाथ, राजपुर, कटहरिया, बौद्धिमाई नगरपालिकाका साथै यमुनामाई गाउँपालिकामा दुई/दुई जना सक्रिय संक्रमित रहेका छन् भने वृन्दावन नगरपालिकामा तीन जना सक्रिय संक्रमित रहेका छन् ।
चन्द्रपुर नगरपालिकामा सबैभन्दा बढी ४९ जना सक्रिय संक्रमित रहेको पाइएको छ ।
तपाईको प्रतिक्रिया