रौतहटका दुई प्रमुख र पाँच उपप्रमुखको पद संकटमा

समाचार

4/20/2021

रौतहट, ७ बैशाख । रौतहटका दुई नगरप्रमुख र पाँच उपप्रमुखलाई पार्टीले स्पष्टीकरण सोधेपछि पद संकटमा परेको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित नगरप्रमुख, उपप्रमुख तथा गाउँपालिका उपप्रमुखलाई पार्टी हितविपरीत कार्य गरेको भनी २४ घन्टे स्पष्टीकरण सोधिएको छ ।

रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी साह र कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहालाई माओवादी केन्द्रले स्पष्टीकरण सोधेको हो ।

प्रदेश २ मा एक मात्र महिला प्रमुख साह सहरी विकासमन्त्री प्रभु साहकी धर्मपत्नी हुन् भने कुशवाहा पनि निकटका सहयोगी हुन् ।

यसै गरी पार्टीले यमुनामाई गाउँपालिका उपप्रमुख गीतादेवी साह, माधवनारायण नगरपालिका उपप्रमुख सिमल साह, फतुवाविजयपुर नगरपालिका उपप्रमुख कान्तिदेवी साह, मौलापुर नगरपालिका उपप्रमुख गौरीशंकर जयसवाल, देवाहीगोनाही नगरपालिका उपप्रमुख परनिया देवीलाई स्पष्टीकरण सोधेको छ । सबैजना नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ