रौतहटको भन्सार र प्रहरी कार्यालय डुबानमा

समाचार

7/12/2020

रौतहट, २८ असार । अविरल वर्षासंगै विभिन्न नदीमा आएको बाढीले रौतहटको जिल्ला भन्सार र जिल्ला प्रहरी कार्यालयसहित ३ सय भन्द बढी घर डुबानमा परेको छ । गौर–चन्द्रपुर सडक खण्डको सबगढानजिक लचकामा पानी जमेर यातायात अवरुद्ध बनेको छ ।

लालबकैया नदीको बाढीले इशनाथ नगरपालिका वडा १ र राजपुर नगरपालिका ८ मा ३ सय भन्दा बढी घर डुबानमा परेको हो ।

ईशनाथको बनजरहा गाउँको चारैतर्फ पनि जमेर ३ सय घर डुबानमा परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी राजपुरको बालुवा टोलमा झन्डै २५ घर डुबानमा परेको छ । डुबानमा परेका बनजरहाका बासिन्दालाई गाउँको स्कुल लगायत सुरक्षित स्थानमा र बालुवाकालाई आफन्तको घरमा राखिएको प्रवक्ता श्रेष्ठले बताए ।

गौरस्थित जिल्ला भन्सार कार्यालय अगाडि तीन÷चारफिट सम्म र गौर मेनरोड तथा जिल्ला प्रहरी कार्यालयमा दुईफिट पानी जमेको प्रहरीले जनाएको छ ।

अविरल बर्षाले जिल्लाको दुईवटै ठुलानदी बागमती र लालबकैयामा पानी बढ्नेक्रम जारी छ । लालबकैया बागमतीको बाढीले कटहरिया, परोहा, पिपरा रजवाडा लगायत केही स्थानमा तटबन्धमा क्षति पु¥याएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ