रौतहट, ४ चैत । नेपाली कांग्रेस (वी पी) को चैत्र २ गतेबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्दै सकिएको छ ।
पार्टी सभापति हरिबोल भट्टराई उपचाररत रहेकोले पार्टीका जेष्ठ सदस्य भुवनेश्वर जोशीको अध्यक्षतामा सुरु भएको पार्टीको केन्द्रिय समिति, जिल्ला सभापति र भातृ तथा सुभेक्षुक संघका अध्यक्षहरुको बैठकले सभापित हरिबोल भट्टराई फागुन १९ गते बेलुकादेखि अस्वस्थ भई नर्भिक अस्पतालमा रहेकोमा सभापितको शिघ्र स्वास्थ्य लाभको कामना, सभापितको उपचारमा नेपाल सरकारले सहयोग गरेको प्रति सम्माननीय प्रधानमन्त्री एवं नेपाल सरकारलाई पार्टीको तर्फबाट हार्दिक धन्यवाद व्यक्त, पार्टीका केन्द्रिय सदस्य श्री अशोक खड्का ज्यू, को ममतामयी माता स्वर्गीय रामकुमारी खड्का को ६२ वर्षको उमेरमा भएको निधन, नेविसंघको पहिलो अधिवेशनबाट निर्वाचित केन्द्रिय सदस्य स्वर्गीय लक्ष्मण सिंह थापा र वी पी वादी नेता वजिर थापाको निधनमा दुःख व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामना सहित परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
रौतहटको वी पी चोकमा रहेको वी पी कोइरालाको शालिक २०६४ मा भएको मधेश क्रान्तिको क्रममा तोडफोड भएको र उक्त स्थानमा पार्टीले पूनः शालिक निर्माणका लागि रौतहट जिल्ला सभापति अशोककुमार यादव, केन्द्रिय सदस्यहरु लक्ष्मी गिरि, हरिनारायण तवदार सहित सदस्यीय शालिक निर्माण समिति गठन गरेको छ ।
संघियता, गणतन्त्र, धर्मनिरपेक्षता, भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रणाली, शासकीय स्वरूप, पराराष्ट्र नीति लगाएतको विषयमा चैत्र मसान्त भित्र सर्वपक्षीय सम्मेलन गर्ने भएको छ ्र साथै संगठन विस्तारको लागि सातै प्रदेशका जिल्लाहरुमा केन्द्रिय प्रतिनिधिहरु खटाउने, केन्द्रिय सदस्य विष्णुप्रसाद ढकालको संयोजक रहेको अर्थ विभागलाई विस्तार गरि ७ सदस्यीय बनाउने, विभेद अन्तको लागि दलित शब्द शब्दकोषबाट हटाउने र भ्रस्टाचार उन्मुलन गर्न कारबाही माथिदेखि र न्याय तलदेखी शुरु गर्ने निर्णय गरेको कार्यालय सचिव सुशिलराज वाग्लेले जानकारी दिए ।
तपाईको प्रतिक्रिया