रौतहट, २ असोज । कोरोनाको नाउँमा रौतहटको स्थानिय तहले करोडौं करोड खर्च गरेको रकमको विवरण सार्वजनिक गर्न ढिलाई गरेका छन् । स्थानीय तहले कोरोनाको नाममा ठूलो धनराशी खर्च गरेको भन्दै स्थानीय स्तरमा आलोचना हुन थालेको छ ।
पछिल्लो समय कोरोनाको नाउँमा ब्रह्मलुट मचाएका स्थानीय तहले विवरण सार्वजनिक गर्न ढिलाई गरेको स्थानीयको भनाइ छ । रौतहटमा १६ वटा नगरपालिका र २ वटा गाउँपालिका गरि जम्मा १८ वटा स्थानीय तह रहेका छन् ।
जसमध्ये हालसम्म २ वटा स्थानीय तहले मात्र कोरोना खर्च विवरण सार्वजनिक गर्न सफल भएका छन् । मौलापुर र गुजरा नगरपालिकाले मात्र कोरोना संक्रमण तथा नियन्त्रणका लागि गरेको खर्च विवरण सार्वजनिक गरेको छ ।
मौलापुर नगरपालिकाले सार्वजनिक बिवरण अनुसार क्वारेन्टाइन निर्माण, व्यवस्थापन एवं संचालन, राहत वितरण, औषधि तथा सुरक्षा सामाग्री खरिद र एम्बुलेन्स, बस भाडा लगायतका शीर्षकमा गरी जम्मा १ करोड ८ लाख ३१ हजार ७ सय ९८ रुपैयाँ खर्च भएको उल्लेख गरेको छ ।
सो नगरपालिकाले पहिलो चरणमा १ हजार ३ सय २६ घरपरिवारलाई राहत वितरण गर्दा १४ लाख ४० हजार खर्च भएको थियो भने दोस्रो चरणमा ४१ सय घर परिवारलाई राहत वितरण हुँदा ४५ लाख १२ हजार ४ सय खर्च भएको बताइएको छ ।
यस्तै जिल्लाकोे गुजरा नगरपालिकाले कोरोना नियन्त्रण राहत,कर्मचारीहरुको बिमा तथा जोखिमभता लगायत कुल ५ करोड,२४ लाख,४७ हजार,दुई सय ६७ रुपैयाँ ५६ पैसा खर्च भएको एकमुष्टै डाटा सार्वजनिक गरेको छ ।
कोरोनाको नाउमा जेजसो खर्च भएपनि सो २ वटै स्थानिय तहले बिवरण सार्वजनिक भएको छ । तर जिल्लाको १६ वटा स्थानिय तहले अनियमितता गर्ने मानसायले कोेरोेना खर्च बिवरण सार्वजनिक गर्न ढिलाई गरेएको समाचार स्रोतले जनाएका छ्न ।
जिल्लाका कैयौं स्थानियतहले कोरोना नियन्त्रण तथा राहत बितरणको नाउमा १० करोड सम्मको खर्चको डाटा बनाएकाले सार्वजनिक गर्नसकेका छैनन् । कोरोनाको नाउमा कतिपय स्थानिय तहले अझ बिल र कागजात मिलाई रहेको समाचार स्रोत बताएको छ ।
तपाईको प्रतिक्रिया