रौतहट, २६ पुस । गौर नगरपालिका–८ पुरेनवा बस्ने तेजनारायण कुँवरको घरमा ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा लाखौंको धनमाल नष्ट भएको छ ।
आइतबार बिहान आगलागी हुँदा घरभित्र रहेका लत्ताकपडा, खाद्यन्न र फर्निचर लगायतका सामान जलेर करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
आगलागीमा परी उनकी छोरी १७ वर्षीया रोशनी कुमारी सिंह सामान्य घाइते भएकी छन् ।
स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया