रौतहटमा करेन्ट लागेर महिलाको मृत्यु

समाचार

5/31/2021

रौतहट, १७ जेठ । परोहा नगरपालिका–४ बस्ने २२ वर्षीया गुडीया देवी पासवानको करेन्ट लागेर मृत्यु भएको छ ।

आइतबार साँझ सोही ठाउँ बस्ने टिलाई राय यादवको बारीमा बँदेललाई धपाउन लगाएको करेन्टमा परी गम्भीर घाइते भएकी उनको जिल्ला सरकारी अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यादवलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ