रौतहट, ८ असार । माधबनारायण नगरपालिका–५ मिठुअवा बस्ने २५ वर्षीया मनिषा देवी साहको करेन्ट लागेर मृत्यु भएको छ ।
सोमाबर दिउँसो आफ्नै घरमा रहेको मोटरमा लुगा धुने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएकी उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया