रौतहटमा जलाउन लागेको शव प्रहरीले नियन्त्रणमा लियो

समाचार

6/3/2020

रौतहट, २१ जेठ । रौतहटको चन्द्रपुर नगरपालिकाको एक गाउँबाट प्रहरीले जलाउन लागेको अवस्थामा एक महिलाको शव बरामद गरेको छ ।

चन्द्रपुर नगरपालिका १० बालचनपुरस्थित घाघी खोलामा जलाउन लागेको अवस्थामा २६ बर्षिय सिमाकुमारीको शव नियन्त्रणमा लिएको हो ।

शंकास्पद अवस्थामा लास जलाउन लागेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले शव बरादम गरेको डिएसपी हेमबशादुर शाहीले जानकारी दिएका छन् ।

मृतक महिलाका श्रीमान मुकेश पंडितलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको शाहीले जानकारी दिएका छन् ।

मृतकका आफ्न्तले शंकास्पद मृत्यु भएको सूचनाका प्रहरीमा दिएपछि प्रहरीले जलाउन लागेको शव ल्याएर चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालको शवगृहमा राखेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ