रौतहटमा ट्याक्टरले किचेर कामदारको मृत्यु

समाचार

2/26/2021

रौतहट, १४ फागुन । बृन्दावन नगरपालिका–१ स्थित सडकमा ना.७ त ५५३१ नम्बरको ट्याक्टरको टेलरबाट झर्ने क्रममा टेलरको पछाडीको चक्काले किचेर एक कामदारको मृत्यु भएको छ ।

ट्याक्टरमा लेवर काम गर्ने चन्द्रपुर नगरपालिका–६ झनझने टोल बस्ने सर्लाही मुर्तिया घर भएका ६२ वर्षीय रामजी कुश्वारको शुक्रबार बिहान मृत्यु भएको छ ।

किचेर गम्भीर घाइते भएका उनको उपचारको लागि स्थानीय चन्द्रपुर अस्पतालतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ