रौतहट २० साउन । रौतहटमा लामो समयदेखि चोरीको घटनामा संलग्न गिरोहका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बिजयपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
फतुवा बिजयपुर नगरपालिका वडा नं—९ का रुपनारायण चौधरीका ३० बर्षिय छोरा अरुण चौधरी र सोही गाउँका रामबृक्ष चौधरीका २२ बर्षिय छोरा सञ्जय कुमार चौधरी पक्राउ परेका हुन् ।
उनीहरुमा ट्याक्टरदेखि पसलका सटर फोडेर लाखौंको चोरी गरेको आरोप लागेको छ । उक्त क्षेत्रमा दिनहु विभिन्न पसल तथा सामग्रीहरु चोरी हुदै आएको छ ।
रातीको समयमा घर बाहिर रहेका ट्याक्टर, मोटरसाइकल, पसलहरु तोडफोड गर्ने लगायत चोरीका घटना बढ्दै गएपछि प्रहरीले निगरानी बढाउँदै आएको छ ।
चोरहरुको एउटा समुह नै त्यस्ता घटना घटाउने गिरोह नै लागि परेको विजयपुरका प्रहरी चन्द्रकिशोर साहले बताए ।
पक्राउ परेका दुबै जनालाई थप कारवाहीका लागी चोरी तथा डाका कसुरमा मुद्धा दर्ता गरि जिल्ला अदालत गौरले १० दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया