रौतहटमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

समाचार

2/23/2021

रौतहट, ११ फागुन । वृन्दावन नगरपालिका–८ आकडपाथरस्थित सडकमा ना.६ ख ७२८२ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने १७ वर्षीय राधेश्याम पासवानको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात स्थानीयको कुटपिटबाट घाईते भएका ट्रक चालक गुजरा नगरपालिका–९ बस्ने ४० वर्षीय राम बाबु चौधरीलाई उपचारको लागि गरुडास्थित हेल्थल्याण्ड अस्पताल पठाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ