रौतहटमा थप सात दिन निषेधाज्ञा

समाचार

5/21/2021

रौतहट, ७ जेठ । जिल्ला प्रशासन कार्यालय रौतहटले दोश्रो पटक पुनः ७ दिनको लागि जिल्लामा निषेधाज्ञा थप गरेको छ ।

कोरोना संक्रमणको जोखिम कम गर्न जेठ १३ सम्म निषेधाज्ञा थप गरेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । यसअघि प्रशासनले वैशाख २४ गते राति १२ बजे बाट ३१ गते सम्म निषेधाज्ञा गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा निषेधाज्ञा भर अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

प्रशासनले जारी गरेको निषेधाज्ञा रौतहटमा पूर्णरुपले पालना हुन सकेको छैन । निषेधाज्ञाकै समयमा जिल्लाका अधिकांश भागहरुमा हाट बजार लाग्ने, होटेल तथा अन्य व्यापारहरु समेत सञ्चालनमा रहेका छन्। गौर नगरपालिकाको पूर्व पट्टि दैनिकरुपमा हाट बजार लाग्दा समेत सूचनामा भनिए जस्तो प्रशासनले कुनै कारवाही गर्न सकेको छैन ।

भित्रि बस्तीका पसल व्यवसाय संचालन तथा पूर्व पश्चिम राजमार्ग अन्र्तगत रौतहटको चन्द्रनिगाहपुर सडकखण्डमा अत्यावश्क बाहेकका यात्रुवाहक गाडीहरु समेत सञ्चालनमा रहँदा समेत प्रशासनले वास्ता गरेको छैन ।

रौतहटमा समुदाय स्तरमै ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६१ जनाको उपचारको क्रममा ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ