रौतहटमा दुई जनामा कोरोना संक्रमण पुष्टि

समाचार

4/28/2020

रौतहट, १६ बैशाख । रौतहटमा दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटको बृदावन नगरपालिका वडा नं—९ निवासी २५ वर्षीय मेराज शेख र देवाही गोनाही नगरपालिका वडा नं—१ का अर्का ३५ वर्षीय एक जनामा संक्रमण पुष्टि भएको हो ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेनटाइनमा बसेर यहीँ बैशाख ६ गते घर फर्काइएका बृन्दावन नगरपालिकाका पुरुषमा कोरोना संक्रमण देखिएको चन्द्रपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. श्यामबाबु शाहले जानकारी दिएका छन् ।

उनका अनुसार प्रादेशिक ल्याव जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएका उनलाई केन्द्रिय प्रयोगशालामा पुनः परिक्षण गर्दा पोजेटिभ आएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय गौरका निमित्त प्रमुख महेश साहका अनुसार देवाही गोनाहीका संक्रमित पुरुष भने क्वारेनटाइनमै रहेका छन् । अब दुबै संक्रमितहरुको कन्ट्याक ट्रेसिङ्ग गरिने उनले बताए ।

रौतहटमा कोरोना पोजेटिभ पाईएका युवकको खोजी, र्यापिड टेस्टमा नेगेटिभ आएपछि उनलाई घर पठाईएको थियो ।

र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नेगेटिभ आइपछि घर पठाईएको रौतहटका युवकमा पिसिआर पोजेटिभ आएपछि उनको खोजी सुरु भएको छ । भारतको कोलकत्ताबाट आएका रौतहट जिल्ला वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । तर उनको स्वाब परिक्षणको लागि काठमाण्डौँ पठाईएको थियो ।

काठमाण्डौँमा भएको परिक्षणका उनको रिर्पोट पोजेटिभ आएपछि उनको खोजी सरु भएको हो । काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ