रौतहटमा फेरि ७ दिन निषेधाज्ञा थप

समाचार

8/16/2020

जनकपुरधाम, ३२ साउन । रौतहटमा फेरि थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना महामारीका कारण जिल्लामा संक्रमितहरूको संख्या बढ्दै गएपछि शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गत साउन २४ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई निरन्तरता दिँदै आइतबार राति १२ देखि लागू हुने गरी फेरि निषेधाज्ञा जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

उनका अनुसार जिल्लावासीलाई खाद्यान्नको सहज आपूर्तिका लागि सोमबार, बुधबार गते र शुक्रबारका दिन बिहान ६ बजेदेखि बजे ९ बजेसम्मका लागि खाद्यान्न पसलहरू खोल्न दिइने छ ।

साथै, यसका लागि विक्रेता तथा उपभोक्ताले स्यानिटाइजर, मास्क तथा पन्जा अनिवार्य लगाएर बाहिर निस्किनुपर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ