रौतहट, ९ चैत । चन्द्रपुर नगरपालिका–१ स्थित सडकमा ग.१ ख ६४४७ नम्बरको बसले प्रदेश २–०३–०११ प ७८७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–१ बागमती डाँडाटोल बस्ने ३४ वर्षीय कुमार लुङ्गेलीको मृत्यु भएको छ ।
आइतबार राति दुर्घटनामा गम्भीर घाइते भएका उनको चपुरस्थित चपुर प्रालि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने २७ वर्षीय जय बहादुर दर्लामीको सोही अस्पताल हुँदै थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंतर्फ रिफर गरिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणा लिएको छ ।
तपाईको प्रतिक्रिया