रौतहटमा साढे ९ किलो गाँजा बरामद

समाचार

4/20/2020

रौतहट, ८ बैशाख । रौतहटको गुजरा नगरपालिका वडा नं—४ जंगल सहीया नजिकै लालबकैया खोला छेउमा सशस्त्र प्रहरीको गस्ती टोलीले लागुुऔषध गाँजा बरामर गरेको छ ।

सशस्त्र प्रहरी ११ नम्बर गणका प्रमुख एसपी रविनराज कर्ण्जितको कमाण्डमा गएको टोलीले गुुजरा नगरपालिका वडा नं—४ लालबकैया नदिको किनारमा साढे ९ किलो गाँजा बरामद गरेको हो ।

लकडाउनको अवस्था बारे गौर, बौधीमाई, बिजयपुर हुँदै जंगलसहीया तर्फ अनुगमन गर्दै जाने क्रममा आईतबार साँझ एक नम्बर नखुलेको मोटरसाईकलमा एक पोका बोकेर एक जना मानिस सिम्रीटोल बाट पेटभरवा गाँउतर्फ गईरहेका थिए ।

प्रहरीको गाडी हेरेर टाढैं बाट पोका फालेर मोटरसाईकल चालक भागेपछी संकाको आधारमा चेकजाँच गर्दा उक्त गाँजा बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी कर्ण्जितले बताएका छन् ।

बरामद गाँजा सोमबार आवश्यक कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय रौतहटमा बुुझाईएको सशस्त्र प्रहरी ११ गण्ले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ