रौतहटमा स्यानिटाइजिङ टनेल सञ्चालन

समाचार

5/14/2020

रौतहट, १ जेठ । विश्वमै महामारीको रुपमा तीव्र गतिमा फैलिँदै गइरहेको कोरोनाभाइरस सङ्क्रमणबाट सेवाग्राहीलाई सुरक्षित राख्न रौतहटको दुई स्थानीयतहले एकैसाथ स्यानिटाइजिङ टनेल सञ्चालन गरेको छ ।

जिल्लाको गरुडा र कटहरिया नगरपालिकाले रौतहटमै पहिलो पटक यो स्यानिटाइजिङ टनेल सञ्लानमा ल्याएको हो । पछिल्लो समय विश्वका अन्य देशहरूसँगै नेपालमा समेत कोरानाभाइरसको सङ्क्रमण धेरै मात्रामा बढ्न थालेपछि गरुडा र कटहरिया नगरपालिकाले यो सेवा सञ्चालनमा ल्याएको हो ।

स्यानिटाइजिङ टनेलको प्रयोगले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणमा मद्दत पुग्ने विश्वास लिइएको छ । टनेलभित्र प्रवेश गर्ने्बित्तिकै त्यसमा जडान गरिएको मेसिनले आफैँ स्यानिटाइज गरिदिने व्यवस्था गरिएको छ ।

त्यसैले यो प्रविधिले कोरोनाको जोखिमलाई केही हदसम्म नियन्त्रण गर्न सकिने विश्वास लिइएको गरुडा नगरपालिकाका मेयर ईनु राय यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ