रौतहटमा २४ जना कोरोना संक्रमित फेला

समाचार

8/14/2020

रौतहट, ३० साउन । रौतहटको गौर नगरपालिकामा २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गौर नगरपालिकाका कर्मचारी, पत्रकार र सर्वसाधारण गरी १७ जना, परोहा नगरपालिकामा ४ जना र गढीमाई, देवाही गोनाही र चन्द्रपुर नगरपालिकामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गौर नगरपालिकामा वडा नं ५ का एकै परिवारका ५ जना, ८ कर्मचारी र १ पत्रकारसहित १७ जनामा संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ