रौतहट, २९ माघ । आगामी बैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेपछि जिल्ला निर्वाचन कार्यालय रौतहटले गतिविधिलाई तीव्रता दिएको छ ।
निर्वाचनको तयारीका लागि १८ वटा स्थानीय तहको १५७ वडा कार्यालयमा अध्यावधिको कागज पठाइसकेको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले बताए ।
वडाबाट मृत्यु भएका तथा मतदाताबाट नाम हटाउनुपर्ने उजुरीअनुसार अध्यावधिको भइरहेको निर्वाचन अधिकारी दासले बताए ।
निर्वाचन आयोगले पछिल्लो पटक पठाएको मतदाताको तथ्यांकअनुसार आगामी निर्वाचनमा रौतहटमा करिब ३० वटा मतदान केन्द्र थपिने समेत दासले जानकारी दिए । २०७४ सालको निर्वाचनमा ४४९ मतदान केन्द्र थियो। अहिले करिब ४८१ केन्द्र हुने भएको छ ।
रौतहटमा २०७४ सालको निर्वाचनमा ३ लाख २९ हजार ८६१ मतदाता रहेका थिए । पछिल्लो मतदाता संख्या ३ लाख ६० हजार ६४० रहेको दासले जानकारी दिए ।
मतदाताको अन्तिम परिणामको संख्या फागुन २० गतेभित्र नै आउने समेत निर्वाचन अधिकारी दासले बताए ।
तपाईको प्रतिक्रिया