रौतहटमा ८ वर्षीया बालिका बलात्कृत

समाचार

3/30/2020

रौतहट, १७ चैत । रौतहटमा एक बालिका बलात्कृत भएकी छिन् । जिल्लाको फतुवा विजयपुर वडा नं—५ फतुवा गाँउका प्रताप पासवानका १८ बर्षिय छोरा नवल पासवानले आफनो छिमेककी ८ बर्षिया नाबालिकालाई बलात्कार गरेको प्रहरीले बताएको छ ।

शनिबार राती घरबाट नजिकैको किराना पसलमा खाने तेल किन्न गइरहेकी नाबालिकालाई अभियुक्त पासवानले समातेर नजीकैको गलीमा लगेर जबरदस्ती करणी गरेका थिए ।

सो क्रममा पिडित बालिका रोए कराएपछि सुुनेर स्थानीयले पासवानलाई पक्राउ गरी प्रहरीमा खबर गरेका थिए । खबर लगतै ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख प्रहरी निरिक्षक चन्द्रकिशोर साहको कमाण्डमा गएकोटोलीले आरोपी पाश्वानलाई नियन्त्रणमा लिएको थियो ।

घटनाबारे प्रहरी निरिक्षक साहले सोमवार सार्वजनिक गरेका छन् । आरोपी नवल पासवानमाथि बालयौन दुराचार संबन्धी मुद्धा गर्दागरी अदालत बाट आदेश लिएर अनुसंधान प्रकृया अगाडी बढाईएको प्रहरी निरिक्षक साहले बताएका छन् ।

पीडित नाबालिका र पिडकको प्राथमिक स्वास्थ केन्द्र चन्द्रपुरमा स्वास्थ परिक्षण भईसकेको ईलाका प्रहरी कार्यालय बिजयपुरले जनाएको छ ।

विश्वयापी महामारी कोरोना भाईरस नियन्त्रण गर्ने उदेस्यले सरकारले घोषणा गरेको लकडाउनको अवधिमै रौतहटमा दुईजना बलात्कृत भएका छन् ।

रौतहटको कटहरिया ६ बगहीमा १७ बर्षिया बालिका कलात्कृत भएको दुईदिन न बित्दै जिल्लाको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकामा अर्की ८ बर्षिया बलात्कारको घटना भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ