रौतहट, २१ भाद्र । रौतहटमा पुजारी श्रीराम साहको हत्या आर्थिक लेनदेनका कारण भएको भन्ने प्रहरी प्रतिवेदन झूठ रहेको पीडित परिवारका सदस्यहरूले बताएका छन् ।
उनको परिवारका सदस्यहरुलाई उल्टै प्रहरीलाई प्रश्न गरेका छन्, ‘पुजारी श्रीराम साह जो भिक्षा मागेर आफ्नो जीवन चलाइरहेका थिए, कसरी अरुलाई कर्जा दिन सके ?’
उनका परिवारले प्रहरीको भनाई सरासर गलत रहेको उल्लेख गर्दै मृतक साहले कसैलाई उधारो नदिएको बताए । यसमा पुनः छानबिन गर्न पनि पीडित परिवारको माग रहेको छ ।
त्यस्तै २ दिन अघि पुजारीको हत्यारालाई बचाउन षड्यन्त्र गरेको आरोप लगाउदै स्थानीयले प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको कार्यक्रममा कालो झण्डा देखाएर विरोध गरेका थिए ।
भदौ ३ गते बेलुका खाना खाइरहेको बेला कन्चटमा गोली हानेर पुजारी श्रीराम साहको हत्या गरिएको थियो ।
आफ्नो नीजि जीवनप्रतिको स्वार्थ परित्याग गरी सन्त बनेर सामाजिक जीवन बिताइरहेका पुजारीको हत्या भएको भन्दै खेसरहियावासीसहित नागरिकले निष्पक्ष छानबिनको माग गर्दै आएका छन् ।
तपाईको प्रतिक्रिया