रौतहट र सप्तरीमा नागरिकता विधेयकको विरोध

समाचार

6/24/2020

काठमाडौं, १० असार । विदेशी बुहारीलाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने विधेयक खारेजीको माग गर्दै रौतहट र सप्तरीमा प्रदर्शन भएको छ ।

जनता समाजवादी पार्टी नेपालको आयोजनामा रौतहटको गरुडा बजारमा विधेयक विरुद्ध प्रदर्शन भएको हो । नेकपाको सरकारले षड्यन्त्रपूर्ण तरिकाले समितिबाट विधेयक पारित गरेर भारतसँगको रोटीबेटीको सम्बन्ध तोड्ने दुस्साहस गरेको उनीहरुको आरोप थियो ।

यसैबीच नागरिकता संशोधन विधेयक विभेदकारी रहेको भन्दै जसपा निकट युवा र विद्यार्थीहरुले मंगलबार सप्तरीको सदरमुकाम राजविराजमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

उक्त विधेयकको खारेजीको मागसहित उनीहरुले राजविराजमा प्रदर्शनपछि स्थानीय नेताचोकमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । पुत्ला जलाउने क्रममा प्रदर्शनकारी र प्रहरीबीच पटक पटक झडप भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ