रुपन्देहीको इमलिहवामा बीओपी स्थापना

समाचार

9/20/2020

भैरहवा, ४ असोज । सीमा सुरक्षालाई व्यवस्थित गर्न सशस्त्र प्रहरी बल नेपालले रुपन्देहीको रोहीणी गाउँपालिका–५ इमलिहवा (बुची) मा बोर्डर आउट पोस्ट (बीओपी) को स्थापना गरेको छ ।

यो पोस्ट भारतसँग सिमाना जोडिएको रुपन्देहीको ५९.७ किमी सिमानामा स्थापना गर्न लागिएको २५ वटा बीओपीमध्ये छैठौं हो । यसभन्दा अघि पजरकट्टी, डन्डा, मझगवा, बोगडी र बयरघाटमा स्थापना भइसकेका छन् ।

सिसहवा, ठर्की, पन्चवारे र थुमुवामा ३ महिनाभित्र बीओपी स्थापना गरिने सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गण रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजकुमार पोखरेलले बताए । ती स्थानमा बीओपी स्थापनाका लागि जग्गाको प्रकृया अघि बढाइएको पोखरेलले जनाए ।

२०७६ मंसिर ३० गते मन्त्रिपरिषद्को बैठले नेपाल–भारत र नेपाल–चीनको सीमा क्षेत्रमा सशस्त्रका १ सय १४ वटा बीओपी स्थापना गर्ने निर्णय गरेको थियो ।

त्यही निर्णयको आधारमा जिल्ला सुरक्षा समिति रुपन्देहीको २०७६ पुस १८ को बैठकले पहिलो चरणमा जिल्लाका अत्यावश्यक ५ ठाउँमा बीओपी स्थापना गर्ने निर्णय गरेको थियो । सरकार र जिल्ला सुरक्षा समितिको निर्णयको आधारमा बुचीमा स्थापना भएको बीओपी पहिलो हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ