रुपन्देही, २८ असोज । सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गर्ने सहमति गरेका छन् ।
२०७३ सालमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) बाट गाउँपालिका अध्यक्षमा शुक्ला विजयी भएका थिए ।
फोरम लोकतान्त्रिक नेपाली काङ्ग्रेसमा समाहित भए पछि उनी नेकपामा प्रवेश गरेका गरेका थिए ।
मँगलबार सम्मरीमाई गाउँपालिकामा आयोजित कार्यक्रममा शुक्ला जनमत पार्टीमा प्रवेश गर्ने औपचारिक सहमती गरेका हुन् ।
उनलाई पार्टीका केन्द्रिय सदस्यहरु अब्दुल खाँ, भोपेन्द्र यादव र इरफान सेखले पार्टी प्रवेश गराउन सहमति गराएका थिए ।
पार्टी प्रवेश सहमति कार्यक्रमलाई सम्बोधन गर्दै नेता शुक्लाले भ्रष्टाचार हटाउन, विपदबाट जोगाउन जनमत सेनाको आवश्यकता रहेको औल्याए ।
यस्तै पार्टीका केन्द्रीय सदस्य इरफान सेखले मधेश र मधेशीको हकहित र मुक्तिको लागि पार्टी प्रवेश गरेकोमा धन्यवाद दिए ।
यस्तै, अर्का केन्द्रीय सदस्य भोपेन्द्र प्रसाद यादवले जनताको शासनको अनुभूति दिलाएको जितेन्द्र नाथ शुक्लाले मधेश र मधेशी जनताको साथ दिन पार्टी प्रवेश गरेको बताए ।
केन्द्रीय सदस्य अब्दुल खानले जनमत पार्टीले पटक पटक मधेश र मधेशीको हकहितको लागि काम गर्दै आइरहेको बताए ।
तपाईको प्रतिक्रिया