रुपन्देहीमा आगलागीबाट साढे १३ लाखभन्दा बढीको क्षति

समाचार

7/4/2021

रुपन्देही, २० असार । सिद्धार्थनगर नगरपालिका–४ बस्ने पंकज अग्रवालको रिमोन एग्रो प्रालिको मेशिनमा विद्युत सर्ट भई शनिबार राति आगलागी भएको छ ।

सो आगलागीबाट १ थान ड्राइमेसिन, १० क्विन्टल सोयाबिन बीओसी र २ क्विन्टल सोयाविन समेत जलेर करिब १३ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ