रुपन्देहीमा कोरोनाका कारण तीन जनाको मृत्यु

समाचार

9/4/2020

बुटवल, १९ भाद्र । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रुपन्देहीमा शुक्रबार थप दुईजनाको मृत्यु भएको छ ।

बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचाररत सिद्धार्थनगर नगरपालिका वडा नं.७ कि ६४ वर्षीया महिलाको मृत्यु भएको हो ।

यसैगरी, सिद्धार्थनगर नगरपालिका वडा नं ८ का ४५ बर्षका पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ । उनी मिर्गौलाका बिरामी पनि थिए र शुक्रबार डायलासिस गराउन अस्पताल ल्याउने तयारी गरिरहँदा उनको घरमै मृत्यु भएको हो ।

अहिलेसम्म रुपन्देहीमा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको जनाइएको छ ।

शुक्रबार बिहान नै बुटवलको कोरोना अस्पतालमा बुटवल उपमहानगरपालिका वडा नं ८ का ७८ वर्षका पुरुषको मृत्यु भएको थियो ।

संक्रमित पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ