रुपन्देही, २५ असोज । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट रुपन्देहीका चार जनाको मृत्यु भएको छ ।
बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको हो । उनी मुटुका दीर्घरोगी थिए ।
यस्तै बुटवल ११ की ६१ वर्षीया महिलाको पनि उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको छ ।
यसैगरी, बुटवल–१ का ७० वर्षीय पुरुषको शनिबार राति १० बजे धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा मृत्यु भएको छ ।
त्यस्तै, रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको शनिबार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको छ । ती महिला उच्च रक्तचाप र मधुमेहको दीर्घ रोगी थिइन् ।
तपाईको प्रतिक्रिया