रुपन्देही, १४ बैशाख । रुपन्देहीमा दुई साताका लागि निषेधाज्ञा गर्न सिफारिश गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले १६ गते बिहान १ बजेदेखि बैशाख २९ गतेसम्म निषेधाज्ञा सिफारिश गर्ने निर्णय गरेको हो ।
उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध रुपमा छलफल गरेर निषेधाज्ञाको सिफारिश गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
औपचारिक निर्णय बुधबार हुने जनाइएको छ । निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक बाहेक सबै सेवा र व्यवसाय बन्द हुनेछन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पहाडमा २०० र तराईमा ५०० बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको थियो ।
तपाईको प्रतिक्रिया