रुपन्देहीमा निषेधाज्ञा २८ गतेसम्म, दैनिक सात घण्टा पसल–व्यवसाय सञ्चालन गर्न पाउने

समाचार

9/5/2020

रुपन्देही, २० भाद्र । रुपन्देहीमा दैनिक सात घण्टा पसल–व्यवसाय सञ्चालन गर्न पाउने गरी २८ गतेसम्म निषेधाज्ञा खुकुलो बनाइएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभर बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म पसल–व्यवसाय खोल्न पाउने गरी भदौ २८ गते राति १२ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको हो ।

उद्योगी–व्यवसायीका संगठनहरुले लकडाउन अवज्ञा गर्ने चेतावनी दिएपछि निषेधाज्ञा खुकुलो बनाइएको हो ।

प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जारी गरेको निषेधाज्ञा आदेशमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर दैनिक सात घण्टा पसल–व्यवसाय सञ्चालन गर्न पाइने उल्लेख छ ।

मुख्य राजमार्गबाहेक जिल्लाभर सार्वजनिक र निजी सवारी साधन सञ्चालन गर्न र सभा, सम्मेलन, प्रदर्शन आदि गर्न पाइने छैन । डिपार्टमेन्टल स्टोर, सपिङ मल, होटेल, रेष्टुराँ आदि पनि सञ्चालन गर्न पाइने छैन ।

सबै सरकारी कार्यालयहरु र बैंक तथा वित्तीय संस्थाहरुले भीडभाड नहुने गरी सुरक्षा मापदण्ड पालना गरेर सेवा प्रवाह गर्नसक्ने छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ