रुपन्देहीमा पनि एक संक्रमितको मृत्यु

समाचार

10/13/2020

रुपन्देही, २७ असोज । कोरोना भाइरस (कोभिड–१९) बाट रुपन्देहीमा मंगलबार बिहान एक संक्रमितको मृत्यु भएको छ ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

अस्पतालका अनुसार उनी उच्च रक्तचाप, मधुमेह र मुटुका रोगी समेत थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ