रुपन्देहीमा सवारी दुर्घटनामा तीनको मृत्यु

समाचार

6/30/2020

रुपन्देही, १६ असार । रुपन्देहीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।

सैनामैनानगरपालिका–८ शान्तीटोलस्थित सडकमा लु.२ च ८५२९ नम्बरको कार र लु.५२ प ६२२९ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालकसोही नगरपालिका–१ बनकट्टा बस्ने ३२ वर्षीय सन्तोष परियार रमोटरसाइकलमा सवार उनकै बुवा ५० वर्षीय टेक बहादुर परियारको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका कारमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कार रचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी तिलोत्तमा नगरपालिका–९ पुरानो सडकमा लु.१७ प ३१७५ नम्बरको मोटरसाकलको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय दिलमान राईको सोमबार राति मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ