रुपन्देही, २९ चैत । जिल्लामा छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
गैडहवा गाउँपालिका–५ चेलेन्डिहवा चोकस्थित सडकमा लु.७१ प ४१५८ नम्बरको मोटरसाइकल र लु.५० प १२७७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा लु.७१ प ४१५८ नम्बरको मोटरसाइकल चालक लुम्बिनी साँस्कृतिक नगरपालिका–९ पिपरा बस्ने २२ बर्षीय साहिर खानको मृत्यु भएको छ ।
दुर्घटनामा परी घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी रुपन्देही, सैनामैना नगरपालिका–६ कलौनीस्थित सडकमा ना.६ ख ९४१ नम्बरको बसले लु.२४ प ९७६८ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा मोटरसाइकल चालक प्यूठान झिम्रुक गाउँपालिका–१ सौतामारे बस्ने २१ वर्षीय संजय खनाल र मोटरसाइकलमा सवार सोही गाउँपालिका–२ बाँदीकोट बस्ने २१ वर्षीय फिरज क्षेत्री रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया