काठमाडौं, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री दीपक बोहराले जसपामा प्रवेश गर्ने तयारी गरेका छन् । जसपामा प्रवेशका लागि उनले नेताहरुसँग विभिन्न चरणमा कुराकानी गरिसकेका छन् ।
उनले जसपाका प्रभावशाली नेताहरुसँग बैठक बसेर महत्वपूर्ण पद समेत मागेका छन् ।
बोहराले पार्टीको महत्वपूर्ण पद मागेका पनि अहिलेसम्म त्यस विषयमा कुरा मिलेको छैन ।
रुपन्देही चुनावी क्षेत्र रहेका बोहराले आउँदो निर्वाचनलाई विचार गरेर जसपा प्रवेशको प्रक्रिया बढाएका हुन् ।
उनले गएको निर्वाचनमा नेकपा एमालेका घनश्याम भुसालसँग हार व्यहोरेका थिए । यसअघि नेपाली काँग्रेससँग चुनावी गठबन्धन भएर बोहराले साथ पाएका थिए ।
तपाईको प्रतिक्रिया