महोत्तरी, १० असार । महोत्तरीको पिपरास्थित रामनारायण अयोध्या माध्यमिक विद्यालयको परिसरमा भएका बृक्षरोपन कार्यक्रममा प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश ‘अहिराज’ ले सहभागिता जनाएका छन् ।
प्रदेश प्रमुख झालगायत त्यहाँ उपस्थित सम्पूर्ण सहभागिले अमला, अशोकसहितको ३४ वटा विरुवा बृक्षारोपन गरेको विद्यालयका प्रधानाध्यापक मनोज कुमार ठाकुरले बताएका हुन् ।
बृक्षरोपन गरिएका विरुवाहरु डिभिजन वन कार्यालय महोत्तरीले उपलब्ध गराएको कार्यालय प्रमुख विनोद सिंहले जनाए ।
बृक्षरोपन कार्यमा प्रदेश प्रमुखको कार्यालयका सचिव ध्रुव गैंडा, राजनीतिकर्मी रमण पाण्डेय, संचारकमीद्वय दशरथ भण्डारी र राकेश प्रसाद चौधरी, सुरक्षकर्मी, स्थानीय युवा एवं वन कार्यालयका कर्मचारी एवं विद्यालयका शिक्षकहरुले समेत सहभागिता जनाएका थिए ।
तपाईको प्रतिक्रिया