काठमाडौं, २४ साउन । भारतको अयोध्यामा राम मन्दिरको शिलान्यास गरिएको कुरामा पाकिस्तानले आलोचना गरेपछि भारत सरकारले आन्तरिक मामिलामा चासो नराख्न चेतावनी दिएको छ ।
भारतले पाकिस्तानलाई साम्प्रदायिक उत्तेजना नदेखाउन भन्दै चेतावनी दिएको हो । भारतका विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले पाकिस्तानलाई भारतको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न समेत सुझाव दिएका छन् ।
‘भारतको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै इस्लामिक रिपब्लिक अप पाकिस्तानले सार्वजनिक गरेको प्रेस विज्ञप्ती हामीले पायौं, पाकिस्तानले भारतका आन्तरिक मामिलामा साम्प्रदायिक उत्तेजना रोक्न र आन्तरिक मामिलामा कुनै हस्तक्षेप गर्नुपर्दैन’, श्रीवास्तवले भने ।
भारतको नितान्त आन्तरिक मामिलामा आफ्नै देशका हिन्दुहरुमाथि उत्पिडन गर्ने पाकिस्तानले आलोचनात्मक टिप्पणी गरेपछि रुष्ट भएको भारतले कडा प्रतिक्रिया जनाएको हो ।
यसबाहेक भारतीय विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले पाकिस्तानले जम्मु र कश्मिरलाई आफ्नो नक्सामा राखेर अवैधानिक कदम चाल्दै सीमा क्षेत्रमा आतंक मच्चाउन खोजिरहेको बताए ।
तपाईको प्रतिक्रिया