काठमाडौं, ८ असोज । सरकारले हालै नेपाल ल्याएका दुई वटा रेल चलाउन भारतबाट कर्मचारी ल्याउने भएको छ । जनकपुर–जयनगर रेल सञ्चालनका लागि भारतबाट विज्ञ भर्ना गर्न लागिएको हो । यसका लागि भारतसँग कुरा भइसकेको र यही महिनाभित्र सम्झौता हुनेछ ।
जनकपुर–जयनगर चलाउन गत शुक्रबार दुई वटा रेल ल्याइएको छ । तर ती रेल सञ्चालन गर्न दक्ष जनशक्ति नेपालसँग छैन ।
रेलका चालक सहचालकदेखि प्राविधिकसम्म भारतबाटै ल्याउन लागिएको हो । रेलका चालक, सहचालक, मर्मतका कर्मचारी नियमित चेकजाँच गर्ने प्राविधिक भारतबाट ल्याइने छ । रेल अहिले भारतकै सीमानास्थित धनुषाको इनरुवा स्टेसनमा राखिएको छ । रेल त्रिपालले छोपेर सशस्त्र प्रहरीको सुरक्षा जिम्मामा छाडिएको छ । यी दुई वटा रेल चलाउन करिब २ सय जना कर्मचारी आवश्यक पर्ने रेल विभागले जनाएको छ । यसका लागि नेपाली कर्मचारी भर्नाको प्रक्रिया पनि सुरु भएको छ ।
तपाईको प्रतिक्रिया