रेशम चौधरीको प्रेस नोट र गीत

समाचार

3/26/2021

काठमाडौं, १२ चैत । डिल्लीबजारस्थित जेलमा रहेका जसपाका सांसद रेशम चौधरीले पार्टीले गर्ने निर्णय आफ्ना लागि शीरोधार्य हुने बताएका छन् ।

बिहीबार एक प्रेस नोट जारी गर्दै उनले पार्टीले गर्ने निर्णयमा आफू बाधक बन्ने कुरा कल्पनासमेत गर्न नसकिने बताएका हुन् ।

संक्षिप्त प्रेस नोटमा उनले भनेका छन्–‘सरकारमा सहभागी हुने नहुने निर्णय मेरो एकल प्रयासले सम्भव हुने कुरा पनि होइन, त्यो पार्टीको निर्णय होला, पार्टीले गर्ने निर्णयमा म बाधक बन्ने कुराको कल्पनासमेत गर्न सकिदैन ।’

उनले जथाभावी, कपोलकल्पित र भ्रामक समाचार लेखेर दुःखी नबनाइदिन आग्रह समेत गरेका छन् ।

‘पार्टीको विधि पद्धति र प्रक्रियाअनुसार अध्यक्ष महन्थ ठाकुरले काम गरिरहनु नै भएको छ, मेरो दलको अन्य नेताले मप्रति देखाएको सदासयताप्रति म खुशी छु’, उनले भनेका छन् ।

केही दिनअघि केही सञ्चारमाध्यममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जसपाले गरेको वार्ता प्रयासका बारेमा सांसद चौधरीले असन्तुष्टि प्रकट गरेको र ओलीसँग वार्ता नगर्न आग्रह गरेको भन्ने समाचार प्रकाशित भएको थियो ।

त्यसपछि जसपाका नेता राजेन्द्र महतो जेलमै गएर चौधरीलाई भेटेका थिए । त्यो समाचार आफूले भन्दै भनेको र गलत रुपमा प्रकाशित भएको भन्दै सांसद चौधरीले त्यस्तो समाचार प्रकाशन नगर्न नगराउन अनुरोधसमेत गरेका छन् ।

यता, चौधरीले जेलबाटै गीत लेखेका छन् । काठमाडौ डिल्लीबजार कारागार रहेका चौधरीले डटपेनले पानामा गीत लेखेका हुन् ।

जसको शीर्षक हो– को हो नेपाली ? जसमा उनले नेताहरूलाई मिल्न आग्रह पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ