रेशम रिहाइका लागि सरकारको वार्ता टोली गठन

समाचार

3/30/2021

काठमाडौं, १७ चैत । थरुहट आन्दोलनका नेता रेशमलाल चौधरी लगायतका राजबन्दीहरुको रिहाइका लागि सरकारले तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा गठित वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य छन् ।

थारु कल्याणकारी सभा, थरुहट–थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय संघर्ष समितिले राखेको १९ बुँदे माग सम्बोधन गर्न वार्ता टोली गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

केन्द्रीय संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्दै आएको छ । चैत १२ गते गृहमन्त्री वादल माइतीघरस्थित धर्ना स्थलमा पुगेर वार्तामा आउन आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ