राष्ट्रपतिद्वारा भारतीय राष्ट्रपतिको स्वास्थ्य लाभको कामना

समाचार

4/1/2021

काठमाडौं, १९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्ना समकक्षीको स्वास्थ्य लाभको कामना गरेकी हुन् । भारतीय राष्ट्रपति कोविन्दको मुटुको सफल शल्यक्रिया गरिएको छ ।

शल्यक्रिया सम्पन्न भएकामा खुशी व्यक्त गर्दै राष्ट्रपतिले शीघ्र स्वास्थ्य लाभको कामना गरेकी हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ