काठमाडौं, ८ जेठ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् ।
राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा सदस्यका लागि कार्तिक २६ र मंसिर ३ गते गरी दुई चरण चुनाव घोषणा गरेकी हुन् ।
मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।
तपाईको प्रतिक्रिया