राष्ट्रियसभा उपनिर्वाचन : लुम्बिनीमा नेपाली कांग्रेसका उम्मेदवार पाण्डेय विजयी

समाचार

5/31/2021

दाङ, १७ जेठ । राष्ट्रियसभा सदस्यका लागि भएको उप निर्वाचनमा लुम्बिनी प्रदेशबाट दृगनारायण पाण्डेय निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार पाण्डेयलाई माओवादी केन्द्र, जसपा उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चा र एमाले माधव नेपाल समूहको समर्थन रहेको थियो ।

पाण्डेयले ५४६ मतभार अन्तरले एमालेका उम्मेदवार चन्द्र बहादुर खड्कालाई पछि पारेका हुन् । खड्कालाई एमाले, महन्थठाकुर समूह लगायतकाको समर्थन रहेको थियो ।

पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन् ।

पाण्डेय यसअघि प्रदेश सभा सदस्य थिए । एमालेबाट जितेका पाण्डेयले राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका थिए । पाण्डेले स्थानीय तहतर्फ २१२४ मत भार र प्रदेशतर्फ मतभार २०१६ प्राप्त गरेका छन् ।

खड्काले स्थानीय तह र प्रदेश तर्फ १९२० मतभार प्राप्त गरेका छन् । निर्वाचनका तीनवटा मतदान केन्द्रबाट मतदान भएको थियो । तीन सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको थियो ।

निर्वाचनमा राप्रपाले बहिस्कार गरेको छ । २ मत बदर भएका छन् । नेपालगन्ज उपमहानगरका नगर प्रमुख, नरैना गाउँपालिका र दरबार गाउँपलिकाका अध्यक्ष मत हाल्न आएनन् । निर्वाचनमा प्रदेशतर्फ ८३ र स्थानीय तहतर्फ २१४ गरी २९७ मत खसेको थियो ।

प्रदेशसभा तर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको छ । निर्वाचन आयोगले औपचारिक घोषणा केहीबेरमा गर्दैछ ।

राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेशसभाका ८३ सांसदमध्ये नेकपा एमालेका उम्मेदवार खड्काले ४० मत मात्र पाउनुले प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेको पुुष्टि भएको कांग्रेसका सांसद फखरुद्दिन खानले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ