काठमाडौं, २४ जेठ । डा. मनोज मुक्ति “विवेक” नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा, रामचन्द्र बानियाँ क्षेत्री नेतृत्वको नेपाल डेमोक्रेटिक पार्टी, लाक्पा तामाङ नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) र राजिव झा नेतृत्वको मातृभूमि सेवा दल मिलेर गठन भएको राष्ट्रिय जनतान्त्रिक गठबन्धनले “राष्ट्र बचाउ अभियान“ को तहत दोस्रो चरणको आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
गठबन्धन एवं राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ कि देशमा ब्याप्त सबै प्रकारका भ्रष्टाचार, राज्य प्रायोजित एवं संरक्षित आतंक, लूटखसोट, भयत्रास, बेतिथी, अब्यवस्था, आत्मसमर्पणवादी लम्पसारवादमा आधारित प्रभुभक्तिसहितको देशबेचुवा सोंच, चरित्र, आचरण, प्रवृत्तिका विरुद्ध संयुक्त स(सक्त मोर्चा निर्माण र “राष्ट्र बचाउ अभियान“ को पवित्र अन्तिम लक्ष्य “राज संस्था सहितको हिन्दु राष्ट्र र जनतान्त्रिक शासन ब्यवस्था“ स्थापनाका निम्ति सम्पूर्ण राष्ट्रभक्त, राष्ट्रवादी, जनतन्त्रवादी एकजुट हुनुको अर्को विकल्प छैन ।
साथै गठबन्धनद्वारा घोषित प्रथम चरणको आन्दोलनका कार्यक्रमहरुमा उत्साहजनक सक्रिय सहभागिता जनाई सफल बनाउनु भएकोमा गठबन्धनका सम्पूर्ण नेता(कार्यकर्ता एवं आम मुक्ति कामी जनसमुदायप्रति धन्यवाद ज्ञापन गरिएको छ ।
दोस्रो चरणको आन्दोलनका कार्यक्रमलाई सफल बनाउन गठबन्धनका नेताकार्यकर्ता, पत्रकार संचारकर्मी, बुद्धिजीवी नागरिक अगुवा, नागरिक समाज,, धार्मिक संघ(संगठन, पेशागत संघ(संगठन लगायत सम्पूर्ण आम जनतालाई सक्रिय सहभागिताका लागि हार्दिक अपील गरिएको छ ।
गठबन्धनद्वारा संचालित “राष्ट्र बचाउ अभियान“ को मिति आइतबारदेखि जेठ ३२ गते आइतबारसम्म आठदिने दोस्रो चरणका आन्दोलनका कार्यक्रम यस प्रकार रहेको छ ।
धर्मनिरपेक्ष गणतन्त्रको सम्बाहक एव नेतृत्वकर्ता जिवित प्रधानमन्त्रीहरु शेर बहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, पुष्प कमल दहाल “प्रचण्ड“, डा. बाबुराम भट्टराई र के.पि. ओली लगायतको प्रत्येक दिन एक प्रधानमन्त्रीको पुतला जलाउने, प्रत्येक दिन एमसीसी सम्झौता खारेजी र अमेरिकी साम्राज्यवादी आतंकवादको विरोधमा राष्ट्रपति डोनाल ट्रम्पको पुतला जलाउने, चीनद्वारा सगरमाथा लगायतको नेपाली भुमि अतिक्रमण एवं कब्जा गरेको बिरोधमा प्रत्येक दिन चिनियाँ राष्ट्रपति सी जिङ पिङको पुतला जलाउने, धर्मनिरपेक्ष गणतन्त्रको भण्डाफोर गर्ने र “राज संस्था सहितको हिन्दु राष्ट्र र जनतन्त्र स्थापना“ सहितको भीषण जनआन्दोलनका लागि आम मुक्तिकामी जनतालाई सुसज्जित एवं तैयार गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु रहेका छन् ।
घोषित आन्दिलनका नाराहरु, राष्ट्रघाती एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवादी आतंकवाद मुर्दावाद, चिनियाँ दोगलागिरी बन्द गर, धर्मनिरपेक्ष गणतन्त्र खारेज गर, नेपाली जनताको एउटै आवाज “राजा ल्याउ देश बचाउ“, राजसंस्था सहितको हिन्दु राष्ट्र घोषणा गर, राष्ट्रिय जनतान्त्रिक गठबन्धन जिन्दावाद, राष्ट्र बचाउ अभियान जिन्दावाद रहेका छन् ।
तपाईको प्रतिक्रिया