राहत वितरणका लागि बुद्धभूमिद्वारा लगत संकलन

समाचार

3/27/2020

कपिलवस्तु, १४ चैत । विश्वमा फैलिएको कोरोना भाइरसको कारण नेपालमा लकडाउन लम्बिएको खण्डमा गरिब विपन्नलाई जिवन निर्वाह गर्न समस्या पर्ने भन्दै बुद्धभूमि नगरपालिकाले लगत सकलन सुरु गरेको छ ।

विपद्को बेलामा नगरबासीहरुलाई खाद्यान्न लगायतका समस्या हुन सक्ने अवस्थालाई मध्यनजर गर्दे १० वटै वडा कार्यालयमार्फत विपन्न गरिबहरुको लगत संकलन गर्न लागिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए ।

कोरोनाबाट बच्न सरकारले लकडाउनको समय बढाउन सक्ने हुँदा उक्त समयसम्म ज्याला मजदुरी गरी दैनिक रुपमा खाना तथा परिवारको हेचरचाह गर्नेको रोजिरोटीमा समस्या हुन सक्ने हुँदा समयमै तथ्यांक सकलन गरी त्यस्ता नगरवासीलाई राहत वितरण गर्नका लागि नगरपालिका तयार रहेको बताए ।

त्यसका लागि स्थानीय सचेत नागरिहरुलाई वडा कार्यालयमा प्रतिनिधिलाई वास्तविक जीवन निर्वाह गर्न नसक्ने जनताहरुको नामावली टिपाउन समेत प्रमुख श्रेष्ठले आग्रह गरे ।

साथै विपदको समयमा घरमै बसेर र आनिवानी परिवर्तन गरी कोरोनाको प्रकोपबाट बच्न समेत नगरवासीलाई श्रेष्ठले अपिल समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ